काठमाडौं । असार २२ गते,
आइतबारसम्म नेपालमा ६ हजार पाँच सय ४७ जना कोरोना भाइरस कोभिड १९ मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना सङ्क्रमित भेटिएका छन् । चार सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा चार हजार एक सय ६० जनामा सङ्क्रमण देखिँदा दुई हजार ३४ जना डिस्चार्ज भएका छन् । वाग्मती प्रदेशमा पाँच सय ६३ जनामा सङ्क्रमण देखिएकोमा दुई सय ३४ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गण्डकी प्रदेशमा एक हजार एक सय ४२ जनामा सङ्क्रमण देखिएको र दुई सय १४ जना डिस्चार्ज भएको जानकारी दिए । प्रदेश नम्बर ५ मा तीन हजार नौ सय ६८ सङ्क्रमित रहेका छन् । तीमध्ये एक हजार सात सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा एक हजार पाँच सय ७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ७८ जनामा सङ्क्रमण देखिएको छ भने क्रमशः एक हजार एक सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको छ । आइतबार मात्रै नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
नेपालमा ६ हजार ५४७ जना कोरोना मुक्त , वागमती प्रदेशमा २३४ जनाले कोरोना जिते
- प्रकाशित मिति: सोमबार, असार २२ २०७७
- तामाकोशी