जनप्रतिनिधि र पत्रकारलाई आयुर्वेद सेवाका बारेमा जानकारीसंगै योग अभ्यास

  • प्रकाशित मिति: बिहिबार, असार १८ २०७७
  • तामाकोशी

रामेछाप । असार १८ गते,
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछापले जनप्रतिनिधि तथा पत्रकारहरुलाई आफ्नो सेवाका बारेमा जानकारी संगै योग अभ्यास गराएको छ । बिहिबार आयुर्वेद सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरी कोरोना भाइरस कोभिड १९ रोकथाम तथा अन्य आयुर्वेद सेवाको बारेमा जानकारी संगै योग अभ्यास गराएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , उपप्रमुख माया कुमारी कार्की , मन्थली नगरपालिका वडा नं १ का जनप्रतिनिधि लगाएत जिल्ला स्थित विभिन्न संचार माध्ययमहरुमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछापकी डा. प्रज्ञा पन्थीले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई आयुर्वेद पद्दतीबाट कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएकी थिइन् । उनले आयुर्वेद पद्दतीबाट कोरोना नियन्त्रणका लागि रोग प्रतिरोधात्मक क्षेमता बढाउनका लागि अपनाउनु पर्ने आवश्यक व्यक्तिगत रहन सहन , खानपिन र व्यायामका बारेमा जानकारी गराएकी थिइन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख दिपक कार्कीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रवाहा हुने सेवा सुविधाका बारेमा जानकारी दिदै यसको आवश्यक प्रचार प्रसार गरी आम सर्वसाधारण नागरिकसम्म पुर्याइदिन पत्रकारहरुलाई आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट महत्वपुर्ण र अत्यावश्यकिय सेवा प्रवाहा भएपनि प्रचार हुन नसक्दा प्रयाप्त मात्रामा आम नागरिकको पहुँचमा पुग्न नसकेको भन्दै स्थानीय तहसंग समन्वय गरेर आफ्नो सेवाका बारेमा सबै नागरिकलाई जानकारी गराउन आग्रह गरे । कार्यक्रमा सहभागिहरुलाई योग अभ्यास पनि गराइएको थियो ।