सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो , थप तीन जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: बिहिबार, असार १८ २०७७
  • तामाकोशी

सिन्धुपाल्चोक । असार १८ गते,
सिन्धुपाल्चोकमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ३५ पुगेको छ । बिहिबार ११ महिनाको बालिकासहित तीन जनामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिकाका २६ र २३ वर्षीय पुरुष र ११ महिनाको बालिकामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले पुष्टि गरे । दुईजना पुरुष असार ७ गते स्याङजाबाट सिन्धुपाल्चोक आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरु इन्द्रावतीको भीमेश्वर माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए । ११ महिनाकी बालिका भने आफ्ना आमा बुबासँगैं असार ९ गते आएकी थिइन् । उनी इन्द्रावतीको ढोटार आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी थिइन् । उनीहरुको असार १५ गते स्वाब संकलन गरि परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो । बिहिबार आएको रिपोर्टमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।