सिंहदरबारभित्रै नासुको आसु भन्दै नायब सुब्बाहरु आन्दोलित

  • प्रकाशित मिति: मंगलबार, असार १६ २०७७
  • तामाकोशी

काठमाण्डौ । संसदीय समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको ऐनले निजामती सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेको भन्दै विभिन्न मन्त्रालयका कार्यरत नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् ।
तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ । कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् ।