रामेछाप । असार ११ गते,
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढेजस्तै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर विभिन्न अस्पतालबाट थप ३ सय १२ जना संक्रमितले कोरोना जितेका छन् । प्रवक्ता गौतमका अनुसार १९ महिला र २ सय ९३ पुरुष बिहीबार डिस्चार्ज भएका हुन् । यससँगै उपचारपछि निको हुनेको संख्या २ हजार ६ सय ५० जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृ*त्यु भएको छ । प्रवक्ता गौतमका अनुसार पोखरा र ललितपुरमा उपचाररत २ पुरुषको मृ*त्यु भएको हो । यससँगै नेपालमा २६ कोरोना संक्रमितको मृ*त्यु पुष्टि भएको छ । नेपालमा गत २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
नेपालमा २ हजार ६५० जना कोरोना मुक्त
- प्रकाशित मिति: बिहिबार, असार ११ २०७७
- तामाकोशी