रामेछाप । असार ११ गते,
रामेछाप जिल्लाको विभिन्न स्थानमा रहेको प्रहरी विटका प्रहरीलाई रामेछाप जेसिजले मास्क र पन्जा वितरण गरेको छ । जिल्लाको प्रमुख प्रवेशद्वार सलेघाट ,मन्थली बजार प्रवेशद्वार भैसेश्वर ,मन्थली बजारको कटहरबोट र खिम्ती प्रहरी विटमामा रहेको प्रहरीका लागि जेसिजले मास्क र पन्जा वितरण गरेको छ । विटमा रहेका प्रहरीका लागि ३० थान के एन ९५ मास्क र ५० जोर सर्जिकल पन्जा वितरण गरिएको जेसिज रामेछापका उपाध्यक्ष विमल पौडेलले बताए । कोभिट १९ को जोखिमको बाबजुद विभिन्न स्थानको प्रहरी विटमा रहेर जिल्ला भित्र तथा बाहिर आवात जावत गर्ने गाडीको चेकजाँच तथा दर्ता गर्नेक्रममा सुरक्षा सतर्कता अपनाउनका लागि सहयोग पु¥याउने हेतुले मास्क र पन्जा वितरण गरिएको हो । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकको उपस्थितिमा प्रहरी विटका ईन्चार्चहरुलाई मास्क र पन्जा हस्तान्तरण गरिएको उपाध्यक्ष पौडेलले जानकारी दिए ।
रामेछाप जेसिजद्वारा प्रहरीलाई मास्क र पन्जा वितरण
- प्रकाशित मिति: बिहिबार, असार ११ २०७७
- तामाकोशी