रामेछाप । ४६ वर्ष अघि सन् १९७४ जून ५ देखि विश्वलाई पर्यावरणको सुरक्षा किन चाहिन्छ भन्ने कुरा जानकारी गराउन अन्तराष्ट्रिय रुपमा विश्व वातावरण दिवश मनाउन लागिएको हो । वातावरण संरक्षणका लागि विश्व भरी राजनैतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । संयुक्त राष्ट्र संघद्वारा घोषित दिवश पर्यावरण प्रति राजनैतिक र सामाजिक जागृत ल्याउने उद्देश्यले सदस्य राष्ट्रहरुले मनाउदै आइरहेका छन् । सन् २००० देखि नेपालले पनि विभिन्न कार्यक्रम तथा अभियानहरु संचालन गरी मनाउदै आइरहेको छ । यस वर्ष अर्थात सन् २०२० को सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा मनाइदै छ ।
यसै सन्दर्भमा रेडियो तीनलाल एफएम र सामुदायिक विकास समाज र वातावरण संरक्षण परियोजनाले प्रत्यक्ष रेडियो कविता वाचन कार्यक्रममा वाचन गरिएका कवितालाई प्रकाशन गर्ने जमर्को गरेको छ ।
1. अबका दिनमा
उधारो हौसलामा
रातका ताराहरू पनि गन्दिन मँ
भुल्याउने प्रभातमा
परिवेशका तगाराहरू पनि हटाउँछु भन्दिन मँ
यीलामा उजाड बाटाहरू पार गर्दै
हामी हिँड्नु पर्छ
हाम्रा सम्पन्नता
हाम्रा सभ्यता
दूर सुदूर छन्
धेरै अगाडि छन्,
बास बसियो
झुप्राहरूमा
कहिले
झुप्रामा बस्ने मानिसका हृदयहरूमा
गोजीमा
झुसी बनाएर
आस्था र विश्वास
परिपञ्च भाग लगाइयो
पथिकहरूलाई,
हामीअझै
यो कोमल पृथ्वीको रक्षार्थ यात्रामा छौं
सामल छन्
हाम्रा खोकिलामा
डाँडा भाटाहरू
जम्मा जोहो गर्नु छ
अभावका अनेकन
ठाडा खोलाहरू पनि तर्नु छ
सबैभन्दा बढी त
यीअज्ञान मानवका मनहरू
सन्तुष्टिले भर्नु छ
शनै शनै
मुलुकरूपि शीरपोष
ठड्याएर सगरमाथाझैँ
देशको मुहार उज्यालो गर्नु छ
फाँकमुठी नै सही
बाँडेर परिपञ्च अपनत्वलाई
मनका भकारी
टन्न पारेर भर्नु छ
अबका दिनमा यी सबै कामहरू गर्नु छ ।
2. सुरक्षित वातावरण
सुरक्षित जीवन जिउन जैविक विविधता
जोगाइ राख्न आजै सबले गरौं प्रतिवद्धता
इमान्दार भई सबै मिली वातावरण जोगाउँ
रुख रोपी जगाएर हरीयाली बढाउँ
सन्तानको भविष्यलाई निश्चित गर्छ यसले
जैविक विविधता जोगाइ राख भन्छ मेरो देशले
सबै तिर हरियाली सम्वृद्धिको आधार
झुल्नु पर्छफूल्नु पर्छ हिमाल, तराइ, पहाड
जल, जंगल जडिबुटी, बाँझो जमिनलाई
परिश्रम गर्न सक्दा यसैमा छ कमाई
सुन्दर पहाड नदीखोला दोहन अतिभयो
नष्टगर्दै सिध्याउन पहुँचवाला लाग्यो
जैविक मैत्रीबन्नु पर्छ सरकारको नीति
कार्यान्वयनमा आउनु पर्छ जोगाइ राख्ने विधि
स्वस्थ जीवन जीउने आधार जैविक विविधता
सकरात्मक सोच्दै सबले गरौं प्रतिवद्धता
हावा, पहिरो, खडेरीमा जोगाइ राख्छ यसले
जैविकताको सुरक्षामा नाम चम्काओस् देशले
धुँवाधुलो सबै तिर प्रदूषणको चाप
वातावरण जोगाउन यूवा तिमी लाग
3. मानव र वातावरण
हे मानव सर्वोत्कृष्ट प्राणी हौ जगतको, बुद्धि विवेकले भरी,
ज्ञान, सीप, क्षमता छ अधिक तर पनि, सुध्रिएनौ क्यै गरी
खुब लुट्यौ, लुछ्यौ, भोगपनि गर्यौ, नराखी सीमाकति
बाँच्न गाह्रो भयो धरतिमा अब, वनस्पति प्राणी जति
प्राकृतिक स्रोत प्रदूषण भयो, वातावरण प्रतिकूलभो
विगा¥यौ, दोहन अति ग¥यौ, अस्तित्व लोप हुने भो
चौतर्फी आक्रमण वातावरणको दूषितभो सृष्टि पनि
मानव, जीव र वनस्पति नष्ट गर्न आयो, कालउहीबनी
हे मान्छे कोभिडले भित्र छौ बाहिर हेर, सुन्दर भो कति
स्वच्छ, सफा, हराभरा धरती नै, प्रकृतिमा रहे जति
दुष्ट त मानव नै रहेछदुनियाँमा, हेर प्रफुल्लप्रकृति
रमाइ रहेछन् जीव वनस्पति हेर, धर्ति आकाशको प्रगति
वायू, जमिन, ध्वनी, खाद्य, रसायनिक, इलोक्ट्रो भो प्रदूषण
वातावरण मैत्री, सन्तुलित योजना तय गर, हे मानव जन
वातावरणको स्याहार, सम्वद्र्धन, संरक्षण र सदुपयोग गरी
भावि पुस्तालाई पनि बचाइ राख है, असल खुबकाम गरी
हे साँडे सातअर्व जन हो रोप एक रुख, हरित पृथ्विबनाउ
भलो यसैमा छ श्रम, सीप, ज्ञान, बुद्धि, विवेक यहीखन्याउ
वातावरण स्वच्छ भए स्वच्छ हुन्छ, जीव वनस्पतिको जीवन
प्रकृति नै हो सर्वोपरी, सधैँ भरी, जोगाउन लगाऔं मन
4. मेरी प्रिय वातावरण
हो मेरी प्रिय बाताबरण
तिमीलाई मेरो असिमित प्रेम छ
मैले बुझेको छु तिमीलाई
धेरैले बलत्कार गरेका छन्,
त्यो पापी धुवा क कले गर्यो
अनि त्यो ध्वनिले गर्यो
आज तिमी शान्त छ्यौ
यसको अर्थ यो हैनकि
तिमीलाई रहरले शान्त
बनाइएको हो
कहिले तिम्रा छातिबाट
रक्तिम खोल्सी बगाइयो
कहिले तिम्रा अधर माथि
बमबारूद बर्साइयो
प्रिय वातावरण
आज बल्ल तिमीलाई
राहत मिलेका ेछ
विश्व लकडाउनमा
रुमल्लि रहदा
तिम्रो उभार धेरै खुलेको देखिन्छ
तिम्रो कायामा फेरि जवानीपन
उम्लिएको देखिन्छ
तिमी खुसिले यति उदाङ्गो भएकिछ्यौकि,
एक नजर नियाल्दा
तिम्रो शरिरका सबै अङ्गहरको
दृश्या बलोकन गर्नपाइएकोछ
त्यसैले ,तिमी प्रति सबैको चाह बढेकोछ
तिम्रो सुन्दरतालाई सबैले आरिस गरेका छन्
प्रीय वातावरण
तिमीले जसलाई जिवित रहन सहयोग गर्यौ
आज उही तिम्रो बिरुद्धमाछ
तिम्रो संरक्षणको जिम्मा पाएका
मनुवा नामका जन्तुहरु
तिम्रै यौबनतामा मस्त जिस्कि रहेकाछन्,
तिमी कति शहनशिलछौ हगि
अत्याचारको आगो निलेर
अक्सिजनका ेरुपमा पचाइदिन्छौ
प्रदुषणको काखबाट
सबै पिडाहटाइ दिन्छौ
प्रिय, वातावरण
मैले तिमीलाई त्यतिकै प्रेम गरेको हैन,
म रहनुमा तिमीछ्यौ
म रमाउनुमा तिमीछ्यौ
रत तिमी प्रति म लालायितछु
तिमीलाई मैले बुझिसके
दुखका आश पुछिसके
त्यसैले प्रिय बाताबरण
मेरो प्रेमलाई बेवास्ता नगर्नुहै
मेरो धेरै धेरै माया छ तिमीलाई
मेरो धेरै धेरै माया छ तिमीलाई
5. सवलाइ हुन्छ जाती
जनसंख्या बातबरण बिकासका गति
मिलाएर लान सके सबलाई हुन्छ जाती
प्राकृतिको संरक्षण र दिगो संरचना
निर्माण र रक्षा गरौ सबलाइ हुन्छ जाती
जनसंख्या नियन्त्रण र संपदाको रक्षा
गर्न सके मानिसले सबलाइ हुन्छ जाती
भुक्षय र बाढीपहिरो बनबिनास जस्ता
प्रकोपलाइ रोक्नसके सबलाइ हुन्छ जाती
रक्षा गर्दा प्रकृतिको रक्षाहुन्छ आफ्नै
रक्षा गर्दा बाताबरण सबलाइ हुन्छ जाती
जल अनी थलहरु बायौ पदूषणलाई
रोक्छौ भनी प्रण गरौ सबलाइ हुन्छ जाती
खाध्य अनि विकिरण ध्वनिपदूषणलाई
आजै देखि बन्द गरौ सबलाइ हुन्छ जाती
गर आँगन चुलो चौको मात्र हैनसाथी
पुरै धर्ती सफाराखे सबलाइ हुन्छ जाती
अव्यवस्थित बसोबासो कमिचेतनाको
हटाएर बस्न सके सबलाइ हुन्छजाती
बिषादिको अधिक प्रयोग कृषिबालीसित
नगरेकै भलो हुन्छ सबलाइ हुन्छ जाती
फोहोर मैल ब्यबस्थापन उचित तरिकाले
गरौ साथी आजै देखि सबलाइ हुन्छजाती
उद्योग धन्दा कलकारखाना ब्यवसायगर्दा
बाताबरण मैत्री गरौ सबलाइ हुन्छ जाती
बाताबरण शिक्षा अनि राम्रा सुचनाको
प्रचार र प्रसार गरे सबलाइ हुन्छ जाती
बाताबरण संरक्षणको ज्ञानसमाजलाइ
दिदै अगि बढ्न सके सबलाइ हुन्छजाती
प्रयोग गर्दा हक आफ्नो भलो हुनेसबको
सोची भुझी गरे देखि सबलाइ हुन्छ जाती
सोच्छ सफा बाताबरण हाम्रो मौलिकहक
कार्यन्वयन गर्दा खेरी सबको हुन्छ जाती
बाताबरण दुशित पार्ने कार्य गर्ने सबलाइ
कानुनको जिम्मा लगाउ सबलाइ हुन्छ जाती
6. लापरवाही मानिस
मानिस
निर्धक्क हिडिरहेका छन
प्रकृतीको छातिमाथि टेकेर
यहा कसैको पर्वाह नराखी
मनोमानी ढङ्गले
आफु निर्दोष भएझै
आफ्नै तालमा खुरुखुरु
आफ्नो स्वार्थको लागी
मानिस प्रकृती अनि वातावरणलाई
आफ्नो मुठ्ठीमा लिईरहेका छन
आफ्नो काँवुमा राखिरहेका छन
अनि मन परीढङ्गले चलाईरहेका छन
सुमसुम्याई रहेका छन
जवरजस्ती चिथोरी रहेका छन
प्रकृतीका अङ्ग प्रत्यङ्गहरू
कुख्यात बलात्कारी बनेर
तर पनि
मानिस
निर्धक्क हिडिरहेका छन
प्रकृतीको छातिमाथि टेकेर
यहा कसैको पर्वाह नराखी
मनोमानी ढङ्गले
आफु निर्दोष भएझै
आफ्नै तालमा खुरुखुरु
साच्चै
मानिसलाई सुन्दरप्रकृती देख्नैहुन्न
सुन्दर वातावरण देख्नैहुन्न
दिमागमा कुदृष्टीर कुविचार
पलाई हाल्छ जसरी
कामुकयुवती देखेपछी
अल्लारे ठिटाहरुले
जिब्रोबाट य्राल चुहाउछन
त्यसैले
प्रकृती र वातावरण माथीगर्ने
मानिसको व्यवहार खराबछ
नियत खराबछ
अनि दृष्टिकोण खराबछ
तर पनि
मानिस
निर्धक्क हिडिरहेका छन
प्रकृतीको छातिमाथि टेकेर
यहा कसैको पर्वाह नराखी
मनोमानी ढङ्गले
आफु निर्दोषभएझै
आफ्नै तालमा खुरुखुरु
लोभलाग्दा
फुलका कोपिलाहरू
देवीदेवतालाई चढाउने बहानामा
कहिले शिरमा सजाउने बहानामा
फक्रिनै नपाई टपक्क टिप्न आतुर हुन्छन
यी मानिसका अपराधी हातहरु
सायद
कलिला ती फुलका
रजस्वला पनि हुनै नपाई
जिन्दगी सकिन्छ
तर पनि
मानिस
निर्धक्क हिडि रहेकाछन
प्रकृतीको छातिमाथि टेकेर
यहा कसैको पर्वाह नराखी
मनो मानीढङ्गले
आफु निर्दोष भएझै
आफ्नै तालमा खुरुखुरु
शहरी करणको नाममा
मानिसपहाडहरूफोरीरहेकाछन
जङ्गलहरूमा सिरहेकाछन,
कुवा चौताराहरु भत्काई रहेकाछन
सडक बनाउने बहानामा
पहाडको छाती माथी
मन परीढङ्गले
डोज रचलाई रहेकाछन
उद्योग धन्दा कलकार खानार
ईट्टा भट्टावाट निस्किएका
धुवाको मुस्लोले
प्रकृती अन्धकार बनाएकोछ
प्रकृतीको आँखाबिगारी दिएकोछ
वातावरणीय सन्तुलन बिग्रीरहेकोछ
यसरी
प्रकृती धमिलिएकोछ
अङ्गभङ्ग भएका छन वातावरण
तरपनि
मानिस
निर्धक्क हिडिरहेका छन
प्रकृतीको छातिमाथि टेकेर
यहा कसैको पर्वाह नराखी
मनोमानी ढङ्गले
आफु निर्दोष भएझै
आफ्नै तालमा खुरुखुरु
हो
मानिसको यस्तै व्यवहारले गर्दा
अहिलेप्रकृतीले
स्वच्छ हावा दिन सकिरहेको छैन
वातावरणमा प्रदुषण बढरहेकोछ
पानीका मुहानहरू सुकीरहेका छन
मौसम अनुसार फलफुलर
अन्न बालीहरु उब्जनी हुदैनन
समयमा बर्षात हुन सकिरहेको छैन
बिचरा
हाम्रै कारण अशक्त बनेको प्रकृतीले
कती नैथेग्न सक्छर रु
सम्झि रहेछु
मैले सानोमा देखेको अनि खेलेको
ती पहाडको टाकुराहरू आज बेग्लै भएकोछ।
छङछङ बग्नेछाँगा छहारार झरनाहरू
खै कता पुगे अत्तो पत्तो छैन
ती हरीयाजङ्गलमा गुन्जिने
कोईलीको कुहुकुहु सुन्नै छाडिसके।
पहाडको छाती भरी फुल्ने
गुराँसका फुलहरू फुल्नै छाडिसके
हरिया घनाजङ्गलहरु उजाडभएका छन।
तर पनि
मानिस
निर्धक्क हिडिरहेका छन
प्रकृतीको छातिमाथि टेकेर
यहा कसैको पर्वाह नराखी
मनोमानी ढङ्गले
आफु निर्दोष भएझै
आफ्नै तालमा खुरुखुरु
प्रकृती अनि वातावरणमाथि
अन्याय गर्दै कति बस्छौ
अपराध गर्दै कति बस्छौ
अपराधि बनेर, वेपर्वाही बनेर,
बरू फुलरोपौ, रूख रोपौ
हरियो बनाउ उजाडियका बस्तीहरू
अव माया गरौ प्रकृतीलाई
माया गरौ वातावरणलाई
अब जागौ, अब उठौ, अगाडि बढौ,
प्रकृतीलाई न्यायदिन
युध्दमा होमियको सिपाही जस्तै
हामि सबै एकढिक्का बनेर।
7. कविता
मरुभूमी हरियालीबनाउने नीहाम्रै हातहो
बाँझो जमिनमासुन फलाउन चाहिने नी सबको साथ हो
संघ संस्था, यूवाहरु, वनउपभोक्ता समिति पनि
खाली जमिनमा विरुवा लगाऔँ स्वच्छ हावा पाइन्छ अनि
विद्यालय, मठ, मन्दिर, धारा, कुवा, वाटो छेउछेउ
विरुवा रोपौँ हामी सबले वातावरण जोगाई राखौँ
वन डढेलो लगाउनु हुन्नबोट विरुवा मर्ने गर्छन
जेठ असारमा विरुवा रोपौँ पानीपर्दा सर्ने गर्छन
वनजङ्गललाई जथाभावी चरण क्षेत्र हुन नदिउ
वातावरण सफा राखी स्वच्छ हावापानी पिउ
8. जोगाऔं
बाँचुन्जेल अक्सिजन फेर्न चाहिने सास
मरे पछि चाहिन्छ जलाउनलास
कतै निदालकतै थामकतै खाट घरमा
आराम गर्नु पर्दा खेरी यस्के पर्छौ भरमा
हरीयाली बनाऊ अब पूर्व मेचीकाली
कतै लगाऊ डाँले घाँस जग्गान होस्खाली
घर जग्गामा अधिकार लिनु पर्छ महिला
फलफूलका बोट रोपी धन कमाउ पैला
सन्ततिलाई सबै मिली सुख भोगाउन
आजै बाट लागौं अब वनजंगल जोगाउन
कविता वाचन कार्यक्रमः वाचन गरिएका कविताहरु
- प्रकाशित मिति: बुधबार, असार १० २०७७
- तामाकोशी