नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुग्यो , थप ५३८ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
  • तामाकोशी

काठमाण्डौ । असार ९ गते,
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ ।