रामेछाप । असार ८ गते,
रामेछापमा कोरोना परीक्षणका लागि ४ सय ५ जनाको स्वाब संकलन गरिएकोमा १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । हालसम्म ३ सय ६५ जनाको नेगेटिभ रिपोर्ट आएको र २३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । मन्थली नगरपालिमा ६१ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा २४ , सुनापति गाउँपालिमा ८ र जिल्ला अस्पतालमा १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा १७ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । कर्णका अनुसार सोमबार खाँडादेवी गाउँपालिकाका १४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
जिल्लामा कोरोना पुष्टि भएका १३ जनालाई कोरोना मुक्त भएपछि डिस्चार्ज गरिएको र ६ जनाको जिल्ला अस्पतालको आइसोलेशन र ३ जनाको लिखुतामाकोशी गाउँपालिकाको आइसोलेशनमा उपचार भैरहेको कर्णले जानकारी दिए । उनका अनुसार आइसोलेशनमा रहेको ९ जनाकै स्वास्थ्य अवस्था सामान्य छ । जिल्लामा अहिलेसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।