रामेछापमा कोरोना संक्रमितको संख्या २६ पुग्यो,१६ जना कोरोना मुक्त

  • प्रकाशित मिति: सोमबार, असार ८ २०७७
  • तामाकोशी

रामेछाप । असार ८ गते,
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । जिल्लामा आइतबार थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिकाका २२ बर्षिय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले मन्थली नगरपालिकाको क्वारेन्टाइनमा बसेका मन्थली नगरपालिका वडा नं १४ फुलासीका २२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिलाई अहिले जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा राखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितकोको संख्या २६ जना पुगेको छ । २३ जना बाहेक तीन जनाको काठमाडौमा गरिएको पिसिआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको जिल्ला अस्पताल रामेछापको आइसोलेशन र पाटन अस्पतालमा उपचार भइरहेको छ ।