रामेछाप । असार ५ गते,
रामेछाप जिल्लाका सबै स्थानीय तहको केन्द्र मन्थली नगरपालिकाले आफ्नो पालिका अन्तर्गतका सबै कर्मचारीको कोरोना बीमा गरिदिएको छ । अहिले विश्वनै कोरोना भाइरस कोभिड १९ संग जुधिरहेको अवस्थामा नगरपालिकामा नगरपालिकामा कार्यरत ९३ जना कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको नगरप्रमुख रमेश बस्नेतले जानकारी दिए । महामारीबीच काम गर्ने कर्मचारीलाई काममा हौसला र संक्रमण देखिइहाले राहत समेत मिलोस् भन्ने उद्देश्यले बीमा गरिएको प्रमुख बस्नेतको भनाई छ । बीमा गरिएका कर्मचारीले कोरोना पोजेटिभ देखिनासाथ रकम पाउने व्यवस्था रहेको नगर प्रमुख बस्नेतले बताए । नगरपालिकाले आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड मन्थली शाखा मार्फत कर्मचारीको बीमा गरिदिएको हो । विमित कर्मचारीहरुले बीमा गरेको १५ दिनपछि कारोनाभाइरस संक्रमण पुष्टि भएको अवस्थामा बीमा रकम प्रदान गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
मन्थली नगरपालिकामा कार्यरत कर्मचारीको कोरोना बीमा
- प्रकाशित मिति: शुक्रबार, असार ५ २०७७
- तामाकोशी