रामेछाप । जेठ ३२ गते,
नेपाल तरुण दल रामेछापले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । आइतबार प्राथमिक स्वास्थ्य केन्द्रमा मन्थलीलाई थर्मगन १ थान , एन ९५ मास्क ३० थान , हातधुने साबुन ४ सय ८८ थान , सेनिटाइजर ५ सय एमएलको ५ थान र ६ लिटरको ४ थान किटनासक केमिकल हस्तान्तरण गरिएको तरुण दलका सहसचिव जीवन कार्कीले जानकारी दिए । विश्वमा संक्रामक रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीका बेला स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा प्रवाहमा सहजीकरण गर्नका लागि सहयोग पुर्याउने उदेश्यले सामग्री उपलब्ध गराएको तरुण दल रामेछापका सहसचिव कार्कीले बताए । उक्त सामग्री तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काले स्वास्थ्य केन्द्रका अध्यक्ष एवम मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सामाग्री ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले सरकारले गर्नुपर्ने काम संघसंस्थाले गरेकोमा खुसि व्यक्त गर्दै अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । उक्त स्वास्थ्य सामाग्री तरुण दल रामेछापका उपाध्यक्ष बासु फ्युयालको संयोजकत्वतामा वितरण गरिएको हो ।
