काठमाण्डौ । जेठ ३० गते,
नेपालमा आठ सय ७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो विवरण अनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाण्डौका विभिन्न अस्पतालबाट आठ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना गरी १६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । शुक्रबार थप चार सय ४८ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच हजार ६२ पुगेको छ ।
नेपालमा ८ सय ७७ जना कोरोना मुक्त
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३० २०७७
- तामाकोशी