काठमाडौं । जेठ २९ गते,
नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या चार हजार ६२२ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ । योसँगै कुल संक्रमितको संख्या ४६ सय २२ पुगेको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिइएको हो । नयाँ संक्रमितमा २० जना महिला हुन् । नेपालमा अहिलेसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा आठ महिलासहित १८७ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८७ महिलासहित ८६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर तीन हजार ७३८ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ६२ हजार १३ जना ‘क्वारेन्टिन’मा रहेको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या ४६२२ पुग्यो, ८६१ कोरोना मुक्त
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २९ २०७७
- तामाकोशी