रामेछाप । जेठ २९ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २४ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ११ र पुरुष १ सय १३ जनालाई क्वारेन्टिनमा राखिएको हो । बिहिबारसम्म उमाकुण्ड गाउँपाकिलामा २५ , मन्थली नगरपालिकामा ३३ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा १९ जना गरी १ सय २४ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
कर्णका अनुसार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ र लिखुतामाकोशी गाउँपालिकाका ५ जना गरी १६ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्यमा समस्या आएका लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका एक पुरुषलाई थप उपचारका लागि पाटन अस्पताल पठाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
यस्तै जिल्लामा २९ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । १ सय ५० जनाको स्वाब संकलन गरी पठाइएकोमा १७ जनाको पोजेटिभ आएको छ । १ सय ४ जनाको नेगेटिभ रिपोर्ट आएको र २९ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । उनका अनुसार बिहिबार थप तीन जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
उनका अनुसार हालसम्म मन्थली नगरपालिमा ४४ , रामेछाप नगरपालिमा ३१ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १० , लिखुतामाकोशी गाउँपालिमा १८ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा २९ जनाको रिपोर्ट आउन बाँकि छ । जिल्लामा अहिलेसम्म ८ सय ८८ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप जिल्लाको पछिल्लो कोरोना भाइरस कोभिड १९ अपडेट हेर्नुहोस्
