उदयपुर । जेठ २९ गते,
उदयपुरमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ४० पुगेको छ । थप ४ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट फर्किएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बिराटनगर प्रयोगशालाबाट बुधबार उनीहरुमा सक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमा संक्रमितको संख्या ४० पुगेको छ । उदयपुर गढी गाउँपालिका–५ का २५ वर्षीय, कटारी नगरपालिका २६ वर्षिय र त्रियुगा नगरपालिका उमेर नखुलेका २ सहित ४ जना नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदपुरका फोकल पर्सन लौकाजी राईले जानकारी दिए ।
उदयपुरमा कोरोना संक्रमितको संख्या ४० पुग्यो , थप ४ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २९ २०७७
- तामाकोशी