काठमाडौं । जेठ २८ गते,
नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।
कोरोना संक्रमितको संख्या ४३ सय ६४ पुग्यो, थप २७९ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: बुधबार, जेष्ठ २८ २०७७
- तामाकोशी