रामेछापमा १ सय २० जना क्वारेन्टिनमा, १७ जना आइसोलेशनमा

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २७ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २७ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २० जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट घर आएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको हो । मंगलबारसम्म उमाकुण्ड गाउँपाकिलामा २१ , मन्थली नगरपालिकामा २५ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा २५ , , सुनापति गाउँपालिकामा २ , दोरम्बा गाउँपालिकामा ९ र लिखुतामाकोशी गाउँपालिकामा १९ गरी १ सय ३५ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले बताए । उनका अनुसार अहिले ७ जना महिला र १ सय २३ जना पुरुष क्वारेन्टिनमा बसेका छन् । शुक्रबार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको बर्णले जानकारी दिए । उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ३ सय ६१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।