नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन् ।
सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।