कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुग्यो, थप ३१४ जनामासंक्रमण पुष्टि

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ २६ गते,
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । सोमबार ३ सय १४ जनामा कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१४ जना संक्रमित थपिएको जनाएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृ*त्यु भइसकेको छ ।