काठमाडौं । जेठ २६ गते,
नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्या*न गुमाउनेको संख्या १४ पुगेको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृ*त्यु भएको छ । पोखरामा उपचार गराइरहेका पुरुषको मृ*त्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलोशनमा भर्ना गरिएका पुरुषको सोमबार बिहान मृ*त्यु भएको हो । त्यसैगरी पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा ९ घर भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ । यो सँगै मृ*त्यु हुनेको संख्या १४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गरिसकेको छैन । मन्त्रालयका अनुसार संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । कर्णाली प्रदेशमा हिजो एकै दिन ५४ जनामा संक्रमण देखिएको छ । यस्तै विभिन्न जिल्लाका १ सय २ जना निको भई घर गएका छन् । जसमा वुटवलबाट २७, बारावाट ३४, रौतटहको गौरबाट १८, धरानबाट १२ र काठमाडौंको बलम्वु अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । अहिलेसम्म ४ सय ६७ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमण ७१ जिल्लामा फैलिएसँगै अब ६ वटा जिल्ला मात्रै कोरोना मुक्त रहेका हुन् ।
कोरोनाका कारण ज्या*न गुमाउनेको संख्या १४ पुग्यो , थप एकको मृ*त्यु
- प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
- तामाकोशी