रामेछाप । जेठ २५ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २६ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट घर आएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको छ । आइतबारसम्म उमाकुण्ड गाउँपाकिलामा २१ , मन्थली नगरपालिकामा २५ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा १० , खाँडादेवी गाउँपालिकामा ७ , सुनापति गाउँपालिकामा २ , दोरम्बा गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा ३२ जना गरी १ सय २६ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
कर्णका अनुसार शुक्रबार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका १० जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ३ सय ६१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापमा १ सय २६ जना क्वारेन्टिनमा, संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य
- प्रकाशित मिति: आइतबार, जेष्ठ २५ २०७७
- तामाकोशी