सुर्खेत – कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच सय ८७ पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ९८ जना नयाँ संक्रमित थपिएपछि हालसम्म जम्मा संक्रमितको संख्या पाँच सय ८७ पुगेको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार सल्यानमा थप ३८, सुर्खेतमा ९, जाजरकोटमा ४ र दैलेखमा ९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार दैलेखमा ४३ र डोल्पामा १ जना गरी कुल ९८ जना नयाँ कोरोना संक्रमित पृष्टि भएका हुन् ।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार दैलेखका मात्रै थप ४६ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा। मंगल रावतले डोल्पामा कोरोना संक्रमित पृष्टि भएका जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय बृद्धको मृत्यु भइसकेको छ। उनीसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। जसमा सुर्खेत, दैलेख र डोल्पामा एक÷एक जना रहेका छन् ।
कर्णालीमा कोरोना संक्रमित अधिकांश व्यक्ति भारतबाट फर्र्किएका हुनु् । देशभर भने संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ। डिस्चार्ज हुनेको संख्या तीन सय ६५ पुगेको छ भने १३ जनाको मृत्यु भइसकेको छ । अन्नपूर्ण पोष्टमा लेखिएको छ ।