सुत्केरी महिलामा कोरोना पुष्टि,के छ अवस्था

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २४ २०७७
  • तामाकोशी

२४ जेठ, काठमाडौं । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे ।

कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ भेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।अनलाइनखबरमा लेखिएको छ ।