काठमाडौं( शनिबार काठमाडौंमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा थप ४ जनासहित पछिल्लो २४ घण्टामा नेपालमा ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।
शुक्रबार ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचाररत अवस्थामा दुई संक्रमित भेटिएकोमा शनिबार एकै पटक ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएहो हो । शनिबार काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४ जनामध्ये दुई महिला र दुई पुरुष छन् । महिलाहरुको उमेर २१ र ३५ छ भने पुरुषहरु २६ र ४६ बर्षका छन् । संक्रमितहरु काठमाडौंका कुन ठाउँका निवासी हुन भन्ने खुलाइएको छैन । खबरहबमा लेखिएको छ ।