रामेछापमा १ सय ८० जना क्वारेन्टिनमा,संक्रमित १६ जना जिल्ला अस्पतालको आइसोलेशनमा

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २४ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय ८० जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट घर आएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको छ । जिल्लाको विभिन्न पालिकाका नागरिकहरु भारत लगाएतका ठाउँबाट आफ्नो घर फर्कने क्रम अझै जारी छ । शनिबारसम्म उमाकुण्ड गाउँपाकिलामा २१ , मन्थली नगरपालिकामा ५२ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा ५ , खाँडादेवी गाउँपालिकामा २६ , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १९ र लिखुतामाकोशी गाउँपालिकामा ३३ जना गरी १ सय ८० जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कर्णका अनुसार जिल्लाभर १ सय २३ जना सामुदायिक क्वारेन्टिन र ५७ जना होम क्वारेन्टिनमा बसेका छन् । कर्णका अनुसार रामेछाप नगरपालिकाका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । शुक्रबार कोरोन संक्रमण पुष्टि भएको १७ जनामध्ये गोकुलगंगा गाउँपालिकाका १० जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १६ जनालाई उपचारका लागि जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । जिल्ला अस्पतालका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ३ सय ६१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।