काठमाडौं । जेठ २३ गते,
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ । पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो । थपिएकामा ११ जना महिला हुन् । कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’मा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् । दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’मा रहेका उनले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो, थप २७८ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३ २०७७
- तामाकोशी