एक जना मृतकसहित ५० जनाको स्वाब परीक्षणका लागि पठाइयो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २२ २०७७
  • तामाकोशी

सोलुखुम्बु । जेठ २२ गते,
सोलुखुम्बु जिल्लामा एक जना मृतकसहित ५० जनाको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि पठाइएको छ । मृतक एक व्यक्ति सहित ५० जनाको स्वाब बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । गएको जेठ २० गते महाकुलुङ गाउँपालिकामा मृत्यु भएका एक पुरुषसहित ५० जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि टेकु पठाइएको हो । बुधबार जिल्ला अस्पतालले एक मृतकसहित सङ्क्रमितको सम्पर्कमा आएका र क्वरेण्टीनमा रहेका ३० जनाको स्वाब सङ्कलन गरेको थियो भने सोलुदूधकुण्ड नगरपालिकाले सङ्क्रमितको गाउँका २० जनाको स्वाब सङ्कलन गरेको थियो । उनीहरु सबैको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिनुभयो । गएको जेठ २० गते महाकुलुङ गाउँपालिका ५ मा सुतेकै अवस्थामा मृत भेटिएका सिन्धुली फिक्कल गाउँपालिका ६ का २१ वर्षीय युवकको पनि जिल्ला अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएको जिल्ला अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।