कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो, एकै दिन २८८ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २० २०७७
  • तामाकोशी

काठमाडौं । जेठ २० गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ भने हाल सम्म २ सय ६६ जना उपचारपछि निको भएका छन् ।