रामेछाप । जेठ २० गते,
रामेछापमा ४७ जनाको पिसिआर र ८ सय ३९ जनाको आरडिटी परीक्षण गरिएको छ । मंगलबारसम्म जिल्लामा महिला १३ जना र पुरुष ३४ जनाको पीसीआर र १ सय ७७ जना महिला र ६ सय ६२ जना पुरुषको (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
हालसम्म मन्थली नगरपालिकामा ११ , रामेछाप नगरपालिकामा १४ , सुनापति गाउँपालिकामा २ ,गोकुलगंगा गाउँपालिकामा ४, खाँडादेवी गाउँपालिकामा १५ र जिल्ला अस्पतालमा एक जानको पीसीआर परीक्षण गरिएकोे कर्णको भनाई छ । मन्थली नगरपालिकामा ३ सय २४, रामेछाप नगरपालिकामा १ सय २४, लिखुतामाकोशी गाउँपालिकामा ११, सुनापति गाउँपालिकामा १ सय ३५ ,दोरम्बा गाउँपालिकामा १५ , उमाकुण्ड गाउँपालिकामा ६८ , गोकुलगंगा गाउँपालिकामा ७१, खाँडादेवी गाउँपालिकामा ८५ र जिल्ला अस्पतालमा ६ जनाको आरडिटी परीक्षण गरिएकोे कर्णको भनाई छ । रामेछापमा २०७७ वैशाख २ गते सोमबारबाट आरडिटी परीक्षण सुरु भएको थियो ।
रामेछापमा ४७ पीसीआर र ८ सय ३९ आरडिटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २० २०७७
- तामाकोशी