काठमाडौं । जेठ २० गते,
नेपालमा २ सय ३९ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फकिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप १८ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमित निको हुनेको संख्या २ सय ३९ पुगेको हो । झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना कोरोनामुक्त भएका हुन् । उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् । योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भएका छन् ।
नेपालमा २ सय ३९ जना कोरोना मुक्त
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २० २०७७
- तामाकोशी