काठमाडौं । जेठ १९ गते ,
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।
कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुग्यो, थप २२६ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: सोमबार, जेष्ठ १९ २०७७
- तामाकोशी