रामेछापमा ४७ पीसीआर र ८ सय ३७ आरडिटी परीक्षण

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १९ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १९ गते,
रामेछापमा ४७ जनाको पिसिआर र ८ सय ३७ जनाको आरडिटी परीक्षण गरिएको छ । सोमबारसम्म जिल्लामा महिला १३ जना र पुरुष ३४ जनाको पीसीआर र १ सय ७७ जना महिला र ६ सय ६० जना पुरुषको (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
हालसम्म मन्थली नगरपालिकामा ११ , रामेछाप नगरपालिकामा १४ , सुनापति गाउँपालिकामा २ ,गोकुलगंगा गाउँपालिकामा ४, खाँडादेवी गाउँपालिकामा १५ र जिल्ला अस्पतालमा एक जानको पीसीआर परीक्षण गरिएकोे कर्णको भनाई छ । मन्थली नगरपालिकामा ३ सय २४, रामेछाप नगरपालिकामा १ सय २४, लिखुतामाकोशी गाउँपालिकामा ११, सुनापति गाउँपालिकामा १ सय ३५ ,दोरम्बा गाउँपालिकामा १५ , उमाकुण्ड गाउँपालिकामा ६६ , गोकुलगंगा गाउँपालिकामा ७१, खाँडादेवी गाउँपालिकामा ८५ र जिल्ला अस्पतालमा ६ जनाको आरडिटी परीक्षण गरिएकोे कर्णको भनाई छ । रामेछापमा २०७७ वैशाख २ गते सोमबारबाट आरडिटी परीक्षण सुरु भएको थियो ।