काठमाडौं । जेठ १८ गते,
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६४ पुगेको छ । आइतबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुका दैलेखका १७ जना र कालिकोटका एक जना छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसंगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६४ पुगेको छ । शनिबार मात्र २ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो । २ सय १९ जनाले कोरोनालाई जितेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची र दैलेखका एक एक जना गरी ७ जनाको मृ*त्यु भएको छ ।
