नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो , थप १८९ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १७ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १७ गते,
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय एक पुगेको छ । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।