रामेछापमा ४७ पीसीआर र ८ सय २१ आरडिटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १७ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १७ गते,
रामेछापमा ४७ जनाको पिसिआर र ८ सय २१ जनाको आरडिटी परीक्षण गरिएको छ । शनिबारसम्म जिल्लामा महिला १३ जना र पुरुष ३४ जनाको पीसीआर र १ सय ७४ जना महिला र ६ सय ४७ जना पुरुषको (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । हालसम्म मन्थली नगरपालिकामा ११ , रामेछाप नगरपालिकामा १४ , सुनापति गाउँपालिकामा २ ,गोकुलगंगा गाउँपालिकामा ४, खाँडादेवी गाउँपालिकामा १५ र जिल्ला अस्पतालमा एक जानको पीसीआर परीक्षण गरिएकोे कर्णको भनाई छ । मन्थली नगरपालिकामा ३ सय २४, रामेछाप नगरपालिकामा १ सय २२, लिखुतामाकोशी गाउँपालिकामा ६, सुनापति गाउँपालिकामा १ सय ३५ ,दोरम्बा गाउँपालिकामा १५ , उमाकुण्ड गाउँपालिकामा ६६ , गोकुलगंगा गाउँपालिकामा ७१, खाँडादेवी गाउँपालिकामा ७६ र जिल्ला अस्पतालमा ६ जनाको आरडिटी परीक्षण गरिएकोे कर्णको भनाई छ । पछिल्लो समय आरडिटी रिपोर्ट पोजेटिभ आएका १२ जना मध्ये गोकुलगंगा गाउँपालिकाका ४ जनाको पिसिआर परीक्षण रिपोर्ट शुक्रबार साँझ नेगेटिभ आएको थियो । यो संगै जिल्लाका विभिन्न पालिकामा आरडिटी पोजेटिभ आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।