तीन महिनादेखी बन्द शल्यक्रिया सहितको प्रसुति सेवा पुनः सुरु

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १६ गते,
रामेछापमा डाक्टरको अभावमा बन्द रहेको जटिलतायुक्त प्रसुति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र ( सि.इ.ओ.एन.सी) सेवा पुनः सुरु भएको छ । मन्थली नगरपालिकाको पहलमा स्त्रीरोग विशेषज्ञको व्यवस्था भएपछि गत फागुनदेखी बन्द रहेको ( सि.इ.ओ.एन.सी) सेवा शुक्रबारदेखी फेरी सुरु गरिएको मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयालले जानकारी दिए । स्वास्थ्य संयोजक फुयालका अनुसार मन्थली प्राथमिक स्वास्थ्य ( सि.इ.ओ.एन.सी) केन्द्र स्त्री रोग विशेषज्ञको अभावमा २०७७ फागुन महिनादेखी पुर्ण रुपमा बन्द थियो । अब यो सेवा सुरु भएसगै रामेछाप , दोलखा, सिन्धुली , ओखलढुंगा लगायतका जिल्लाका गर्भवती महिलाहरुलाई जटील अवस्थामा पनि सुत्केरी गराउँन अन्यत्र लैजानु पर्दैन । यो सेवा बाट बर्षमा रामेछाप लगायत छिमेकी जिल्लाका ५० जना भन्दा बढी जटिल समस्या भएका गर्भवती महिलाहरुले सेवा लिने गरेका छन् । २०७३ बैशाख महिनाबाट रामेछाप जिल्लामै पहिलो पटक प्राथमिक सेवा केन्द्र मन्थलीमा यो सेवा संचालन भएको थियो ।