रामेछाप । जेठ १६ गते,
रामेछापमा ४३ जनाको पिसिआर र ८ सय २० जनाको आरडिटी परीक्षण गरिएको छ । शुक्रबारसम्म जिल्लामा महिला १२ जना र पुरुष ३१ जनाको पीसीआर र १ सय ७४ जना महिला र ६ सय ४६ जना पुरुषको (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । हालसम्म मन्थली नगरपालिकामा ३ सय २४ जना , रामेछाप नगरपालिकामा १ सय २२ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा १ सय ३५ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ६६ जना , गोकुलगंगा गाउँपालिकामा ७१ जना , खाँडादेवी गाउँपालिकामा ७६ जना र जिल्ला अस्पतालमा ५ जनाको आरडिटी परीक्षण गरिएकोे कर्णको भनाई छ । आरडिटी रिपोर्ट पोजेटिभ आएका १२ जना मध्ये ५ जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकि छ ।
रामेछापमा ८ सय २० आरडिटी र ४३ पीसीआर परीक्षण
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
- तामाकोशी