काठमाडौं । जेठ १६ गते,
कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिले ६ दिनमै कोरोनालाई जितेर घर फर्किएकी छिन् । यहि जेठ ६ गते भक्तपुर नगरपालिकाद्धारा स्वाब संकलन गरी परीक्षण गरिएकोमा ९ गते राति कोरोना पोजेटिभ देखिएपछि १० गते बिहान उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा राखिएको थियो । अस्पतालमा १४ र १५ गते फेरि भएको कोरोना परीक्षण रिपोर्टमा नेगेटिभ आएर कोरोना मुक्त भएपछि उनलाई बिहिबार साँझ अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको च्यामासिंस्थित घर फर्कीएकी छिन् ।
जनप्रतिनिधि एक महिलाले ६ दिनमै कोरोनालाई जितिइन
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
- तामाकोशी