नेपालमा कोरोका कारण ज्यान गुमाउनको संख्या ५ पुग्यो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १५ गते,
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । कोरोना भाइरसबाट बुधबार ललितपुरमा एक जनाको ज्यान गएको छ । ललिपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुष किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गएको हो । बुधबारै आएको उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले जानकारी दिए । डा . गेलालका अनुसार ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर त्यहा आइसियू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।