रामेछापमा थप तीन सहित ७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ, पाँचजनाको रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १४ गते,
रामेछापमा आरडिटी पोजेटिभ आएका १२ जनामध्ये ७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले पहिलो चरणमा गत शुक्रबार र शनिबार स्वाब पठाइएको ८ जना मध्ये ७ जनाको बुधबार पीसीआर रिपोर्ट नेगोटिभ आएको र सोमबार पठाईको ४ र शनिबार पठाईको एक जना गरी पाँच जनाको रिपोर्ट आउँन बाकि रहेको जानकारी दिए ।