रामेछाप । जेठ १४ गते,
रामेछापमा आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएका मध्ये चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी रिपोर्ट पोजेटिभ देखिएकाको स्वाब पठाएको ६ दिनपछि चार जनाको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले शुक्रबार स्वाब पठाइएका चार जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि त्यसपछि पठाइएका ४ जनाको रिपोर्ट आउँन बाँकि रहेको जानकारी दिए । यसअघि जिल्लाको विभिन्न पालिकाहरुमा गरिएको आरडिटी परिक्षणमा ८ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । अब बाँकी चार जनाको रिपोर्ट आउन अझै चार पाँच दिन लाग्न सक्ने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णको भनाई छ ।
रामेछापका ४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ , ४ जनाको रिपोर्ट आउन बाँकी
- प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
- तामाकोशी