वीरगञ्ज । जेठ १४ गते,
नेपालमा कोरोना भाइरसलाई जितेर १ सय ७६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । पर्सामा मंगलबार राति थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १ सय ७६ पुगेको हो । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ । गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए । लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. उदय नारायण सिंहले जानकारी दिए । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् । यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।
नेपालमा १ सय ७६ जना कोरोनालाई जितेर घर फर्किए
- प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
- तामाकोशी