रामेछाप । जेठ १३ गते,
रामेछापमा ३५ जनाको पीसीआर र ७ सय ६६ जनाको आरडिटी परीक्षण गरिएकोमा ७ जनाको आरडिटी पोजेटिभ आएको छ । मंगलबारसम्म जिल्लामा महिला ९ जना र पुरुष २६ जनाको पीसीआर र १ सय ६७ जना महिला र ५ सय ९९ जना पुरुषको आरडीटी प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा ७ जनाको आरडिटी पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । उनका अनुसार गोकुलगंगा गाउँपालिकामा मंगलबार एक जनाको आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यो संगै रामेछापमा आरडिटी पोजेटिभ आउनेको संख्या ७ पुगेको छ । कर्णका अनुसार पाँचदिन अघि आरडिटी रिपोर्ट पोजेटिभ आएका ६ जनाको पीसीआर रिपोर्ट अझै आएको छैन । हालसम्म मन्थली नगरपालिकामा ३ सय २४ जना , रामेछाप नगरपालिकामा १ सय २२ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा १ सय ३५ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ७० जना , खाँडादेवी गाउँपालिकामा ७६ जना र जिल्ला अस्पतालमा २ जनाको आरडिटी परीक्षण गरिएको कर्णको भनाई छ । यसमध्ये मन्थली नगरपालिकाका ५ जना र सुनापति गाउँपालिकाका एक जना र गोकुलगंगा गाउँपालकाका एक जनाको आरडिटी पोजेटिभ आएको छ । आरडिटी रिपोर्ट पोजेटिभ आएका ७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । जिल्लामा गत वैशाख २ गते सोमबारबाट आरडिटी परीक्षण सुरु भएको थियो ।
रामेछापमा ७६६ आरडिटी र ३५ पीसीआर परीक्षण
- प्रकाशित मिति: मंगलबार, जेष्ठ १३ २०७७
- तामाकोशी