क्वारेन्टिनमा बस्नेको संख्या अहिलेसम्मकै बढी

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १२ गते,
रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या अहिले सम्मकै बढी भएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा भारत लगाएतका ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढेको हो । सोमबार जिल्लाको विभिन्न पालिकाहरुमा क्वारेन्टिनमा बस्नेको संख्या एक सय कटेको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा २२ जना , मन्थली नगरपालिकामा २२ जना , रामेछाप नगरपालिकामा ६ जना , गोकुलगंगा गाउँपालिकामा १६ जना , खाँडादेवी गाउँपालिकामा ३ जना र लिखुतामाकोशी गाउँपालिकामा १३ जना गरी १ सय ३ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । अहिले मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा १७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेशन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।