रामेछापका कोरोना संक्रमितको भाई र घरवेटीको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १२ गते,
रामेछापका कोरोना संक्रमितसंग संगै बसेका उनका भाइको कोरोना परीक्षण रिपोर्ट नेगोटिभ आएको छ । जिल्लाको कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका खाँडादेवी गाउँपालिका–१ राकाथुम धारापानीका २३ बर्षिय एक युवकसंग एउटै कोठामा बसेका भाइको रिपोर्ट नेगेटिभ आएको हो । जेठ २ गते एकसाथ कोरोना परीक्षण गर्न पुगेका संक्रमितका आफ्नै भाईको रिपोर्ट नेगेटिभ आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।कोरोना संक्रमितका भाइका रिपोर्ट नेगेटिभ आएपछि हाल उनी मैतीदेवीस्थित आफ्नै कोठामा बस्दै आएका छन् । कोरोना संक्रमित देखिएका व्यक्तिको घरवेटीको पनि रिपोर्ट नेगेटिभ आएको छ । हाल पाटन अस्पतालको ७ नम्बर बेडको आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित व्यक्तिले पनि आफ्नो भाइको रिपोर्ट नेगेटिभ आएको बताए ।