२ महिने शिशुसहित १ सय ५ जना कोरोनालाई जितेर घर फर्किए

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १२ गते,
नेपालमा २ महिने शिशुसहित १ सय ५ जनाले कोरोनालाई जितेर निको भई घर फर्किएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् । उपचारपछि निको भएका २ महिने शिशु र १० जना बालबालिका सहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्याष्ले जानकारी दिए । उनले वीरगञ्ज छपकैयाका एकै परिवारका २ महिने शिश र १० बालबालिका सहित १८ जनालाई घर पठाइएको जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेमा २ महिने शिशु ,३ देखी १३ वर्षसम्मका ३ बालिका , ३ देखी १५ वर्षसम्मका ६ जना बालक ,३२ देखी ६२ वर्ष सम्मका ४ महिला र ३७ देखी ६६ वर्षसम्मका ४ पुरुष रहेका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमण भएर निको भै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १ सय ५ पुगेको छ ।