रामेछापमा ५ सय ८८ आरडिटी र ३५ पीसीआर नेगेटिभ, ६ जनाको पीसीआर रिपोर्ट आउन बाँकी

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ११ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ११ गते,
रामेछापमा ३५ जनाको पिसिआर र ५ सय ९४ जनाको आरडिटी परीक्षण गरिएकोमा ६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । २०७७ जेठ ११ गते आइतबारसम्म जिल्लामा महिला ९ जना र पुरुष २६ जनाको पिसिआर र १ सय १८ जना महिला र ४ सय ७६ जना पुरुषको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएकोमा आरडिटी रिपोर्ट पोजेटिभ आएका ६ जनाको पीसीआर रिपोर्ट आउन बाकि रहेको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म रामेछाप नगरपालिकामा १४ जना , मन्थली नगरपालिकामा ६ जना र खाँडादेवी गाउँपालिकाका महिला १५ जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ भने मन्थली नगरपालिकाका ५ जना र सुनापति गाउँपालिका वडा नं १ गुन्सीकाका एक जनाको पीसीआर रिपोर्ट आउन बाकि छ ।
हालसम्म मन्थली नगरपालिकामा १ सय ८१ जना , रामेछाप नगरपालिकामा १ सय २२ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा १ सय ३५ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ७६ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएको कर्णको भनाई छ । यसमध्ये आरडिटी रिपोर्ट पोजेटिभ आएका ६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको कर्णले बताए । उनका अनुसार ६ जनाको पीसीआर परीक्षण रिपोर्ट आइतबार साँझसम्म आउने सम्भावना छ ।