काठमाडौं । जेठ ११ गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । शनिबारमात्रै देशभर ७५ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार मध्यान्ह् ३२ जना , दिउँसो ३६ जना र राति ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार सबैभन्दा बढि बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नरैनापुरमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । सर्लाहिको गोडैता र कविलासी नगरपालिकामा १३ जना , कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना , मायादेवी गाउँपालिकामा ३ जना , रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना ,बैतडीमा ४ जना र सुर्खेत जिल्लामा ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै बर्दिया , झापा, गुल्मी , बारा , चितवन र काठमाडौंमा पनि एक एक जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. समीर कुमार अधिकारीले जानकारी दिए । नेपालमा २०७७ जेठ १० गते शनिबारसम्म कोरोना भाइरसलाई जितेर ७९ जना निको भएका छन् भने ३ जनाको ज्या*न गएको छ ।
कोरोना संक्रमितको संख्या ५९१ पुग्यो , एकैदिन ७५ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: आइतबार, जेष्ठ ११ २०७७
- तामाकोशी