रामेछाप । जेठ १० गते,
रामेछापमा आरडिटी विधिबाट गरिएको कोरोणा परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार फेरी थप एकजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार शनिबार साँझसम्म मन्थली नगरपालिकामा ५ जना र सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा एक जनाको आरडिटी परीक्षण रिपोर्ट पोजेेेटिभ आएको छ । पोजेटिभ आएका सबै ६ जनाको पिसिआर विधिबाट कोरोणा परीक्षण गर्न स्वाब संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको कर्णले जानकारी दिए ।
रामेछापमा ६ जनाको आरडिटी पोजेटिभ
- प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
- तामाकोशी